बैंकिङ खबर । १० करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी भएको कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड रुपैयाँ कमाएको छ, । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ दशमलव ५६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा १ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले ६७ करोड २३ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षमा लघुवित्तले ४५ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ अर्ब ११ करोड कर्जा लगानी गरेको थियो ।
ब्याज आम्दानी
चालु आर्थिक वर्षको चैत मसान्तसममा लघुवित्तले ९ करोड ४९ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४० दशमलव २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा लघुवित्तले ६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सुचकहरु
जोखिम युक्त सम्पत्ति ८ दशमलव ७५ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशलमव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४७ दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ १६२ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ७५ प्रतिशत रहेको छ ।