Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा क्यापिटल औपचारिक सञ्चालनमा

२०७६ बैशाख ८ गते

बैंकिङ खबर । मेगा क्यापिटल मार्केटस् औपचारिक सञ्चालनमा आएको छ। मेगा बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मेगा बैंकको १ सय २ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बैंकको तयारी छ। मेगा क्यापिटल मार्केट्स लिमिटेडले मर्चेन्ट बैकिङ व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट चैत १८ गते सोमबार अनुमति पाएको थियो ।

क्यापिटलले पूँजी बजार सम्बन्धी शेयर निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ क्यापिटलले यसअघि गत मंसिरमा बोर्डबाट मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न सैद्दान्तिक सहमति प्राप्त गरेको थियो ।

पूँजी बजारमा ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु ल्याउने उदेश्य क्यापिटलले लिएको छ । मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड तथा चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ।

Ad