बैंकिङ खबर । नेपाल एग्रो लघुवित्तको प्राथामिक शेयर निष्काशन (आईपिओ) आजबाट बिक्री खुला भएको छ । जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२ दशमलव ५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो।
लघुवित्तले १ सय रुपैयाँ अंकित मुल्यको १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको एक लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
लघुवित्तले निष्काशन गर्ने १ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयरमध्ये २ हजार ४ सय ८९ कित्ता कर्मचारी र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । १ लाख ५१ हजार २ सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओमा न्यूनतम १० देखि ८ सय कित्तासम्म माग गर्न सकिनेछ।