Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ४ अंकले बढ्यो, ८२ करोडमाथिको कारोबार

२०७६ बैशाख ४ गते

बैंकिङ खबर । बुधबार शेयर बजार ४.९९ अंकले बढेर १,२१७.०४ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक र जीवन बीमा समुह बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स १४.०२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको १८ लाख १ हजार ६ सय १३ कित्ता शेयर ९ हजार ५ सय ९७ पटक खरिदविक्री हुँदा ८२ करोड १६ लाख ९८ हजार १० रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको ७ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी एनआईसी एशिया, नेपाल बैंक र प्रभु बैंकको ४ करोडमाथिको कारोबार भएको छ । कुमारी बैंक र माछापुच्छ्रे बैंकको ३ करोडभन्दा बढीको कारोबार भएको छ । सिद्धार्थ बैंक, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकको क्रमश २ करोडमाथिको कारोबार भएको छ ।
सिभिल लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर, युनाइटेट फाइनान्स, नविल इक्यिुटी फण्ड, चौतारी लघुवित्त, सिद्धार्थ बैंक, स्वदेशी लघुवित्त, सिर्जना फाइनान्स लगायतका शेयरधनीले कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धरै ४ प्रतिशतका दरले गुमाएका छन् । जनउत्थान सामुदायि लघुवित्त, महिला सहयात्रा लघुवित्त, सामुदायिक लघुवित्त, स्वाबलम्बन लघुवित्त, रिलायन्स फाइनान्स, आईसीएफसी फाइनान्स, निर्धन उत्थान लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad