Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकको वृद्धिसंगै नेप्से १२०० अंक माथि

२०७६ बैशाख ३ गते

बैंकिंङ खबर । सोमबार सामान्य अंकले बढेर बन्द भएको बजार मंगलबार दोहोरो अंकको वृद्धिसंगै १२१२.०५ विन्दुमा बन्द भएको छ । गत हप्ता केहि सकारात्मक देखिएको बजार यो साता १२०० अंकको मनोबैज्ञानिक विन्दु पार गरेको छ । जुन विन्दुलाई पुष १५ गते आइतबारको कारोबार पश्चात पार गर्न सकेको थिएन ।

मंगलबार कुल १७० कम्पनीका २४ लाख ११ हजार ६ सय ५० कित्ता शेयर किनबेच भएका छन् । जसबाट ७४ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । नेप्से इन्डेक्स २३.३३ अंकले बढ्द ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेंसीटिभ इन्डेक्स ५.४८ अंकले बढेको छ । मंगलबार बजार खुले देखि करिब १ बजेसम्म सामान्य बढेको भए तापनि त्यस पश्चात खरिद चाप अत्यधिक देखिएको थियो । कारोबारमा आएका सबै उपपरिसुचकहरु बढेका छन् ।

बैंकिंङ सेक्टरको प्रभुत्व देखिएको बजारमा सर्वाधिक कारोबार गर्ने कम्पनीहरुको लिष्टमा वाणिज्य बैंकहरुकै वर्चस्व रहेको छ । जसमा एनएमबि बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक, दुवै वर्षको एकैपटक एजीएम गर्न लागेको सिभिल बैंक लगायत रहेका छन् ।

यस दिन सर्वाधिक कमाउने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाईनान्स, सेन्ट्रल फाइनान्स, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त रहेका छन् ।

त्यसै गरि सर्वाधिक गुमाउने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी, एभरेष्ट इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स लगायत रहेका छन् ।

Ad