Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार सामान्य अंकले बढ्यो, ४१ करोडमाथिको कारोबार

२०७५ चैत्र २७ गते

बैंकिङ खबर । बुधबार शेयर बजार सामान्य अंकले सुधार भएको छ । ३.५२ अंकले बढेर १,१८४.६१ अंकमा कायम भएको छ । हाइड्रोपावर बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २४.२३ अंकमा कायम भएको छ ।

दिनभरिमा १ सय ६९ कम्पनीस्को १६ लाख १२ हजार ३ सय ९६ कित्ता शेयर ५ हजार ९ सय ७५ पटक खरिदविक्री हुँदा ४१ करोड ४ लाख ९४ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको सबैभन्दा धेरै ५ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी एनआईसी एशिया र एनएमबि बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स, प्रभु बैंक , एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नेपाल बैंक, मुक्तिनाथ विकास बैंकको क्रमश १ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी अपर तामाकोहीको ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै छ५ प्रतिशतका दरले कमाएका छन् । फस्र्ट माइक्रोफाइनान्स, रिलायन्स लाइफ, एनएमबि माइक्रोफाइनान्स, पञ्चकन्यामाई हाइड्रो, गोर्खाज फाइनान्स, बैंक अफ काठमाडौं, राष्ट्रिय बीमा कम्पनी लगायतका शेयरधनीले कमाएका छन् ।

उन्नती माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् । घलेम्दी हाइड्रो, सिन्धु विकास बैंक, तारागाउँ रेजेन्सी, माहुली सामुदायिक लगुवित्त, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्त, सानिमा इक्यिुटी फण्ड लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad