Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हाथवे फाइनान्सको हकप्रद शेयर निष्काशन निर्णय खारेज

२०७५ चैत्र २६ गते

बैंकिङ खबर । हाथवे फाइनान्सले हकप्रद शेयर जारी गर्ने निर्णयलाई रद्ध गरेको छ । २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ सय ८० प्रतिशत हकप्रद शेयर निष्काशनको निर्णयलाई २२ औं वार्षिक साभारणसभाले खारेज गरेको हो ।

संस्थाले ग्लोबल आइएमई बैंकसँग एक्विजिशनमा जाने निर्णय गरी सहमती पत्रमा हस्ताक्षर भएको अवस्थामा २१ औं बार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी गर्ने निर्णयलाई रद्ध गरेको हो ।

संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक वित्तीय विवरण पारित तथा आर्थिक वर्ष २०७५/०७६ को लागि बाह्य लेखापरीक्षकको नियूक्ति अनुमोदन गरेको छ ।

Ad