Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार दोहोरो अंकले घट्यो, ३४ कम्पनीका शेयरधनीले कमाए

२०७५ चैत्र २६ गते

बैंकिङ खबर । केही दिन सुधारिएको शेयर बजार आज मङगलबार दोहोरो अंकले घटेको छ । नेप्से १०.५८ अंकले घटेर १,१८१.१० अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८६.५७ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७० कम्पनीको २७ लाख ८८ हजार ८ सय ८६ कित्ता शेयर ७ हजार ७० पटक खरिदविक्री हुँदा कुल ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको छ ।

कुमारी बैंक प्रोमोटर शेयर र एनआईसी एशियाको ५ करोडमाथिको कारोबार भएको छ । गरिमा बैंक प्रोमोटर शेयर, नेपाल बैंक र एनएमबि बैकको ३ करोडको कारोबार भएको छ । एनसीसी बैंक र कुमारी बैंकको २ करोड रुपैँयाको कारोबार भएको छ भने माछापुच्छ्रे बैंकको १ करोडभन्दा बढीको कारोबार भएको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्द धेरै ९ प्रतिशतका दरले कमाएका छन् । उन्नती माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, रैराङ हाइड्रोपावर, सिनर्जी पावर कम्पनी, रिलायन्स फाइनान्स, सहयोगी विकास बैंक र कुमारी बैंक लगायतका शेयरधनीले कमाएका छन् ।

जोशी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, शिवम् सिमेन्ट, गुराँस लाइफ इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, तारागाउँ रेजेन्सी, सिथिला लघुवित्त, प्रभु इन्स्योरेन्स लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad