Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ९ अंकले बढ्यो, ९० करोडको कारोबार

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । सोमबार शेयर बजारमा ९.३२ अंकले बढेर १,१९१.६८ अंकमा कायम भएको छ । होटल र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह १ सय ६७ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७० कम्पनीको २९ लाख ५१ हजार ४ सय ७८ कित्ता शेयर ११ हजार ३ सय ६० पटक खरिदविक्री हुँदा कुल ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एशियको ७ करोड ६३ लाख ८९ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको छ भन एनएमबि बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र नेको इन्स्योरेन्सको ४ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक, प्रभु बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंकको ३ करोडभन्दा बढीको कारोबार भएको छ । सनराइज बैंकको २ करोडको कारोबार भएको छ भने प्राइम कमर्सियल बैंकको १ करोड माथिको कारोबार भएको छ ।

समिट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई समुन्नत, स्वरोजगार लघुवित्त, एनएमबि लघुवित्त, सुर्योदय लघुवित्त, विजय लघुवित्त, चौतारी लघुवित्त, प्रभु इन्स्योरेन्स लगायतका शेयरधनीले कमाएका छन् ।

राधि विद्युत कम्पनीका शेयरधनीले ४ प्रतिशका दरले गुमाएका छन् । युनिभर्सल पावर, राष्ट्रिय बीमा कम्पनी, सिन्धु विकास बैंक, अरुण कावेली पावर, अपी पावर, साङग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad