Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

किन बढ्यो वाणिज्य बैंकहरुको शेयर कारोबार, एनआइसी एशिया अग्रस्थानमा

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । पछिल्लो समय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा आकर्षित भएका छन् । बैंकहरुले तेस्रो त्रैमासको विवरण सार्वजनिक गर्ने मिति नजिकिदैँ गर्दा लगानीकर्ताहरुले वाणिज्य बैंकहरुको शेयर कारोबार बढाएका हुन् । सोमबार एक बजेसम्म भएको कारोबारमा सबैभन्दा बढी कारोबार हुने १० कम्पनीमा वाणिज्य बैंकहरु नै रहेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने दश रुथानमा क्रमश : एनआइसि एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल बैंक, एनसिसि बैंक, प्रभु बैंक, माच्छापुच्छ्रे बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बैंक अफ काठमाडौंको रहेका छन् ।

गत साता नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एनआइसी एशियाले मिराकल गरेको बताएसँगै यो बैंकको शेयर कारोबार तीब्र रुपमा बढेको छ । जसले गर्दा एनआइसीको शेयर मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

गतसात मात्र ए्नआएसी एशिया बैंकको शेयर ४२ अंकले बढेको थियो । यस्तै लगानीकर्ताको आकर्षण प्र्रभु बैंकमा पनि देखिएको छ । त्यस्तै एनसीसी बैंक, अफ काठमाडौं पनि लगानीकर्ताको नजरमा परेका छन् । गत साता नेप्सेमा सबैभन्दा धरै कारोबार एनआइसी एशिया बैंकको भएको थियो । भने सबै भन्दा धरै कारोबार हुनै कम्पनीकोे शिर्ष १० मा पनि वाणिज्य बैंकहरु नै रहेका थिए ।

वाणिज्य बैंकहरुले तेस्रो त्रैमासमा उच्च नाफा सहितको प्रतिवेदन सार्वजनिक गर्ने सम्भावना बढेपछि लगानीकर्ताले कारोबार बढाएको बजारका लगानीकर्ताको भनाई छ । त्यस्तै चैत मसान्त पछि सरकारी खर्च बढ्ने र वित्तीय प्रणालीमा तरलता बढने अनुमान पनि लगानीकर्ताको छ । जसले गर्दा नेप्सेमा सकारात्मक प्रभाव पारेको छ ।

Ad