बैंकिङ खबर । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । १७.१६ अंकले बढेर १,१८२.३६ अंकमा कायम भएको छ । माइक्रोफाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा समुह र उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् ।
दिनभरिमा १ सय ६८ वटा कम्पनीको १८ लाख ८७ हजार ३ सय ७३ कित्ता शेयर किनबेच भएको छ । ७ हजार ५ सय ३२ रुपैयाँको कारोबार हुँदा कुल ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ६ करोडमाथिको कारोबार भएको छ । एनएमबि बैंकको ३ करोड ३१ लाख ७४ हजार ९ सय ३० रुपैयाँको कारोबार भएको छ ।
सानिमा मार्य हाइड्रोपावर, प्रभु बैंक, एनसीसी बैंक, प्राइ कमर्सियल बैंकको क्रमशः २ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, नविल बैंक, बैंक अफ काठमाडौ, एभरेष्ट बैंकको १ करोडभन्दा बढीको कारोबार भएको छ ।
एनआईसी एशिया बैंकका शेयरधनीले सबैभन्दा भेरै ६ प्रतिशतका दरले कमाएका छन् । किसान माइक्रोपाइनान्स, कुमारी बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक, बैंक अफ काठमाडौं, सनराइज बैंक लगथायतका शेयरधनीले कमाउका छन् ।
युनिभर्सल पावरका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त, चौतारी लघुवित्त, नेपाल सेवा लघुवित्त, मल्टीपर्पोज फाइनान्स, सिर्जना फाइनान्स, बरुण हाइड्रोपावर लगायतका शेयरधनीले गुमाएका छन् ।