Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डले वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

२०७५ चैत्र २२ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले अन्तरर्राष्ट्रिय स्तरको वित्तीय साक्षरता सम्मेलन गर्ने भएको छ । ओईसीडी आईएनएफईको पूर्णकालीन सदस्यता पाएपछि वोर्डले आगामी असार १७ र १८ गते वित्तीय साक्षरतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । ‘वित्तीय शिक्ष र विकासशिल देशहरुमा वित्तीय उपभोक्ता संरक्षण’ विषयमा नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुकका एक सय भन्दा बढी विज्ञहरुको सहभागिता रहने छ ।

दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा छलफल तथा अन्तरक्रियाबाट वित्तीय प्रणालीमा विकास भएका प्रविधि, आयाम तथा अभ्यासहरुको बारेमा अनुभव आदान प्रदान हुने विश्वास वोर्डले गरेको छ ।

Ad