बैंकिङ खबर । सोमबार शेयर बजारमा सामान्य सुधार आएको छ । शेयर बजार ६.४३ अंकले बढेर १,१४९.९९ अंकमा कायम भएको छ । उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै होटल समुहको ३३.६७ अंकले बढेको छ ।
दिनभरिमा १७१ वटा कम्पनीको १२ लाख ६५ हजार ६ सय ६२ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये ६ हजार ८५ कारोबार संख्याबाट कुल ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ । एनआईसी एशिया बैक र प्रभु बैंकको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ ।
एनएमबि बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, एभरेष्ट बैंक, शिवम् सिमेन्ट र बैंक अफ काठमाडौंको १ करोडको कारोबार भएको छ । प्राइम कमर्सियल बैंक र माछापुच्छ्रे बैंकको ९० लाखमाथिको कारोबार भएको छ ।
नेशनल माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् । अरुन भ्याली हाइड्रोपावर, हिमालय पार्टनर पावर, गुडविल फाइनान्स, सनराइज बैंक, जनउत्थान सामुदायिक लघुवित्त, रिडी हाइड्रोपावर, माछापुच्छ्रे बैंक लगायतका शेयरधनीले कमाएका छन् ।
सबैभन्दा धेरै युनिभर्सल पावरका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, सुर्योदय लघवित्त, शेखर इन्स्योरेन्स, राधि विद्युत कम्पनी, विजय लघुवित्त, चौतारीस् लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।