बैंकिंग खबर । चीनको राजधानी संघाई ५ जी कवरेजको हिसाबले विश्वको पहिलो शहर बनेको छ । ५ जी सेलुलर मोबाइल टेक्नोलोजीको नेक्स्ट जेनेरेसन अन्तर्गतको पछिल्लो ४ जी सुविधा भन्दा करिब सय गुणा बढी स्पिड दिनेछ । विगत केहि समय यता चीन नेक्स्ट जेनेरेसन मोबाइल प्रविधिमा अमेरिका लगायत अन्य देशहरु भन्दा आफुलाई सधै अगाडी उभ्याई रहेको छ ।
चीनको समाचार पत्रिका चाइना डेलीका अनुसार ५ जी कवरेज र ब्राडब्याण्ड गिगाबाइट नेटवर्क संघाई शहरमा तयारी पुरा भई सकेको छ । शनिबारबाट अधिकारिक रुपमा यो सुविधालाई संघाईको हाङ्गकाउबाट शुरुवात गरेको छ । जसको बेस उक्त स्थानमा तीन महिना पहिला नै तयार गरिएको थियो ।
हुवावेको मेट एक्सबाट भिडियो कल गरि ५ जी सुविधालाई अधिकारिक रुपमा संघाई शहरका उपमेयर वू किङ्गले शुरुवात गरेका थिए । जुन सेवालाई पूर्णरुपमा विस्तारित गरे पश्चात आफ्नो नम्बर परिवर्तन नगरी ग्राहकले प्रयोग गर्न पाउने छन् । अमेरिकाले भने चीन हुवावे जस्तो कम्पनीसंग मिलेर जासुसी गर्न लागेको आरोप लगाउदै आएको छ । चीनको ठुलो टेलिकम कम्पनी हुवावे जसको कुल १०० अर्ब डलर माथिको रेभेन्यु रहेको छ, यसका उपकरणको गुणस्तरमा अमेरिकाले प्रश्न तेर्स्याएको छ ।


