Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार २ अंकले बढ्यो,२४ करोडको कारोबार

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । बिहीवार शेयर बजार २.०१ अंकले बढेर १,१४४.५३ अंकमा कायम भएको छ । होटल विकास बैंक, हाइड्रोपावर र फाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २६.९८ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६८ वटा कम्पनीको ९ लाख ६५ हजार ७९ कित्ता शेयर ५ हजार ६ सय १७ पटक खरिदविक्री हुँदा २४ करोड ५९ लाख ११ हजार ९ सय १५ को कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २ करोड ६२ लाख ८४ हजार ८ सय १६ को कारोबार भउको छ । भने प्रभु बैंकको एक करोडको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाडौंको ९० लाखको कारोबार भएको छ । एनएमबि बैंकको ८० लाख,एनआईसी एशियाको ६० लाखको कारोबार भएको छ । जनाता बैंक, ग्लोबल आईएमई बैंक, सेन्चुरी कमर्सियल बैंक र अपर तामाकोशी हाइड्रोपावरको ५० लाखको कारोबार भएको छ ।

सिभिल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ पैतिशतका दरले गुमाएका छन् ।

Ad