Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७५ चैत्र १२ गते

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले ओखलढुङ्गा तथा काभ्रेपलाञ्चोक जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालीका वडा नं ९ स्थित ज्यामिरेमा ६८ जना तथा काभेपलान्चोक जिल्लाको पाँचखाल नगरपालीका वडा नं १२ स्थित बालुवामा ८५ जना सदस्यहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ ।

उक्त दुई दिने कार्यक्रममा १ सय ५३ जना सदस्य तथा स्थानीयहरुलाई संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । साथै उक्त कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो ।

Ad