Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

“बजार निराशाजनक छैन, बचत गर्ने पैसा लगानी गर्नुस्”- छोटेलाल रौनियार

२०७५ चैत्र ११ गते

बैंकिंग खबर । अहिलेको बजार अवस्थालाई हेर्ने हो भने तटस्थ मान्न सकिन्छ । बजार धेरै नकारात्मक पनि छैन र सकारात्मक पनि छैन । हालको बजार विशेष गरि दुइवटा मूल सिधान्त लिएर लगानीकर्ताहरु चलेका देखिन्छन् । पहिलो अझै कम्पनीहरुको मूल्य घटाएर त्यसपछि खरिद गर्ने, दोश्रो बजार लगभग न्युनतम विन्दुमा आएकोले अब आफुसंग रहेको बचतले शेयर खरिद गर्ने । खासगरी बजार १८८१ विन्दुलाई छोएर फर्के पछि ११०० विन्दुमा नै संघर्षरत रहेको देखिन्छ । तर अहिलेको बजारमा यदि ऋण नगरी अथवा आफ्नो बचत रकम सदुपयोग गर्ने हो भने लगानीको लागि उपयुक्त रहेको बताउछन् इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार । हाल कम्पनीहरुको बजारमूल्य आफ्नो नेटवर्थ भन्दा तल कारोबार गरिरहेको, त्यसै गरि पि.इ. अनुपात औसत भन्दा तल रहेका थुप्रै कम्पनीहरुको कारोबार भई रहेकोले पनि यो समय निरन्तर राम्रो प्रतिफल चाहनेहरुका लागि लगानीको उपयुक्त वातावरण रहेको अध्यक्ष रौनियारले बताए ।

त्यसो त अहिलेको बजारमा शेयरको प्रवाह एक दमै बढेको छ, चाहे त्यो बोनस र हकप्रद सुचिकृत भएर होस् अथवा प्राथमिक निष्कासन सुचिकृत भएर होस् । यस्तो किसिमको शेयर प्रवाह भई रहदा त्यसको माग सिर्जना गर्न नसकिनु नै पछिल्लो बजारको परिणाम बुज्न सकिन्छ ।

शेयरको मागलाई कसरि बढाउन सकिन्छ त ? यो जिज्ञाशा सबैमा रहन सक्छ । लगानीकर्ताका हितका नाममा खुलेका थुप्रै संघहरुद्वारा पटक पटक आन्दोलन गरिए र केहि सम्झौता पनि गरिए तर ति गरिएका सम्झौता कहिँ कतैबाट अक्षरश: पालना गरिएको देखिएन जसको मतलब नीति नियम पालना गरिएन र साना तथा नया लगानीकर्ताको बिश्वास जित्न सकेन बजारले । अर्को करका बिषयमा स्पष्ट रुपमा कहिकतैबाट ब्याख्या नगरिनु अहिलेको बजारको अन्योलता कारक रहेको अध्यक्ष रौनियारको बुझाई छ । पछिल्लो पटक पान लागु गरिने सन्दर्भ देखिएको अन्योलतालाई स्पष्ट बुझ्न सकिन्छ ।

के अब बजार यस्तै रहला त ?
बजारमा बादल लागेको पक्कै हो । तर यसको मतलब बजार अब घट्छ नै भन्ने होइन साथै बजारबाट निराश भई हाल्नु पर्ने अवस्था छैन । किनकि बजारको हल्लाको पछि नलागी लगानीका लागि हेरिने सूचकहरुलाई आधार मान्ने हो भने बचत रकम सदुपयोग गर्ने यो एक दमै राम्रो समय हो । धेरै पुराना बैंक वित्तिय संस्थाहरुको बजार मूल्य अंकित मूल्यको आसपास रहेका छन् । केहि संस्थाहरुको नेटवर्थ भन्दा न्युन बजार मूल्य देखिएको छ, निर्धारित चुक्ता पुंजी पुर्याए पश्चात पनि मजबुत रिजर्भ कोष साथै निरन्तर प्रतिफल दिन सक्ने क्षमताका कारण त्यस्ता कम्पनीहरुमा लगानी गर्न सकिन्छ ।

Ad