बैंकिङ खबर । सरकारले ‘जनताको जलविद्युत लगानी’ अन्तर्गत निष्काशन गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयरमा आवेदन दिने समय सोमबार अन्तिम दिन रहेको छ । चैत ७ गतेदेखि आवेदन खुल्ला गरेको उक्त शेयरमा आइतबार सम्म १० गुणा आवेदन परेको बताईको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यामिटलका अनुसार आइतबार बेलुकासम्म ७८ हजार आवेदनबाट ३ करोड ४५ लाख ३७ हजार कित्ताका लागि आवेदन परेको छ । जुन आवहान गरिएको ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको ९ दशमलव ६१ गुणा बढी हुन्छ । यो शेयरमा
सरकारले सुरुमा आफुले किन्न चाहेको कुल शेयरको अंकित मूल्य १ सय रुपैयाँका आधारमा कुल रकमको १० प्रतिशत मात्र भुक्तानी गरे हुन्छ । त्यसैले पनि लगानीकर्ताले उत्साहजनक रुपमा आवेदन दिएका हुन् ।
नुवाकोट र रसुवामा निर्माणधिन आयोजनाले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो ।