बैंकिङ खबर । आइतबार शेयर बजार ५.७८ अंकले घटेर १,१३४.८० अंकमा कायम भएको छ । हाइड्रोपावर बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुहको ५४.६९ अंकले घटेको छ ।
दिनभरिमा १ सय ६६ वटा कम्पनीको ८ लाख ३० हजार ६८ कित्ता शेयर ७ हजार ३ सय ३६ पटक खरिदविक्री हुँदा २३ करोड २४ लाख १ हजार १ सय ३१ को कारोबार भएको छ । सबैभन्दा धेरै आशा लघुवित्त, सिद्धार्थ बैंक प्रोमोटर शेयर र नागरिक लगानी कोषको एक करोड भन्दा बढीको कारोकार भएको छ ।
त्यसैगरी अपर तामाकोशीको ९० लाखमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ८० लाख, एनएमबि बैंकको ७० लाख, एनसीसी बैंक र चिलिमे हाइड्रोपावरको ६० लाख, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकको ५० लाखमाथिको कारोबार भएको छ ।
नागवेली लघुवित्त र सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ३ प्रतिशतका दरले कमाएका छन् । छाङदी हाइड्रोपावर, रिलायन्स फाइनान्स, आईएमइ जनरल इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर, सिद्धार्थ बैंक प्रोमोटर शेयर, रिडी विद्युत कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स लगायतका शेयरधनीले कमाएका छन् ।
सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीका शेयरधनीले १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी शिभम सिमेन्ट, आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, आँखु खोला जलविद्युत कम्पनी, आशा लघुवित्त, अरुन कावेली पावर, सांग्रिला डेभलपमेन्ट बैंक, सुर्योदय लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।