Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लगानी सम्मेलनलाई प्रभाव पार्नेगरी शेयर लगानीकर्ताको आन्दोलन, धितोपत्र बोर्डमा तालाबन्दी

२०७५ चैत्र १० गते

बैंकिङ खबर। शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ । समुहले लगानीकर्ताले राखेका पूँजी बजार सुधारका ३२ बुँदे माग सम्बोधन नगरेको भन्दै तालाबन्दी गरेको हो ।

दबाब समूहका अध्यक्ष हरि ढकालले धितोपत्र बोर्ड पूँजी बजारको सुधार र बिस्तारका लागि गैर जिम्मेवार भएकाले दबाब दिन तालबन्दी गर्नुपरेको बताएका छन् ।

लगानीकर्ताहरुले बोर्डका अध्यक्ष डा. रेबत बहादुर कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेर्ने कार्यक्रम तय गरेको तर आफ्नो पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरी बोर्डको कार्यालयमा तालाबन्दी गरेको हो ।

बोर्डले लगानी सम्मेलन नजिकिएको भन्दै शेयर बाजरमा लगानीकर्तालाई आन्दोलन तथा विरोधका कार्यक्रम नगर्न आग्रह गरेपनि आइतबार शेयर लगानीकर्ता दबाब समूहले कार्यलयमा ताला लगाएका हुन् ।

Ad