Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक्सेल डेभलपमेन्ट बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर । एक्सेल डेभलपमेन्ट बैंकको १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २७ गतेदेखि बुक क्लोज गर्दैछ। यसअनुसार आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ ७५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। बैंकले चैत ११ गते साधारण सभा आव्हान गरेको छ ।

भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको २ सय १३ औं बैंठकले आर्थिक वर्ष २०७४ ७५ सम्मको वितरण योग्य सञ्चित रकमबाट १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

Ad