बैंकिङ खबर । बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.०१ अंकले बढेर १,१२७.७७ अंकमा कायम भएको छ । उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै १ सय ५९.३२ अंकले बढेको छ ।
दिनभरिमा १ सय ७६ वटा कम्पनीको ११ लाख ६८ हजार ३ सय ४ कित्ता शेयर ५ हजार ५ सय १५ पटक खरिदविक्री हुँदा २९ करोड ३९ लाख ३८ हजार २ सय ३ को कारोबार भएको छ । नेपाल लाईफ इन्स्योरेन्स, एनसीसी बैंक, अपर तामाकोशी हाईड्रोपावर, प्रभु बैंक र एनआईसी एशिया बैंकको सबैभन्दा धेरै एक करोडमाथिको कारोबार भएको छ ।
छिमेक लघुवित्त र नागरिक लगानी कोषको ७० लाखभन्दा बढीको कारोबार भएको छ । नेशनल लाईफ इन्स्योरेन्सको ६० लाखको कारोबार भएको छ भने नेको इन्स्योरेन्स र एनएमबि बैंकको ५० लाखको कारोबार भएको छ ।
सबैभन्दा धेरै पुर्णिमा विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले कमाएका छन् । राधी विद्युत कम्पनी, माहुली सामुदायिक लघुवित्त, नेशनल हाइड्रोपावर, जेविल्स फाइनान्स, रिडी हाइड्रोपावर, अरुन कावेली पावर, हाथवे फाइनान्स, महालक्ष्मी विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स लगायतका शेयरधनीले कमाएका छन् ।
घलेम्दी हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, सानिमा इक्यिूटी फण्ड, यूनीलिभर नेपाल, सिभिल लघुवित्त, गुडविल फाइनान्स, एनएमबि हाइब्रिट फण्ड, खाँनीखोला हाइड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड लगायतका हेयरधनीले गुमाएका छन् ।