बैंकिङ खबर । बुधबार शेयर बजार ९.१२ अंकले बढेर १,१११.७६ अंकमा कायम भएको छ । सबै उपसुचकरु बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ९६.१४ अंकले बढेको छ ।
दिनभरिमा १ सय ६९ कम्पनीको ८ लाख २६ हजार १३ कित्ता शेयर ४ हजार ३ सय २ पटक खरिदविक्री हुँदा २२ करोड ४६ लाख ६६ हजार १ सय २८ को कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंक, नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स, एनएमबि बैंकको एक करोडमाथिको कारोबार भएको छ ।
यसबाहेक, एनआईसी एशिया बैंकको ८० लाखमाथिको कारोबार भएको छ । नविल बैंक र जनता बैंक प्रोमोटर शेयरको ६० लाखमाथिको कारोबार भएको छ । अपर तामाकोशी हाइड्रोपावर र नविल बैंक प्रोमोटर शेयरको ५० लाखभन्दा बढीको कारोबार भएको छ भने नेशनल लाईफ इन्स्योरेन्सको ४७ लाख ७५ हजार २ सय ६ को कारोबार भएको छ ।
सबैभन्दा धेरै हाथवे फाइनान्सका शेयरधनीले कमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, नेपाल सेवा लघुवित्त, समिट माइक्रोफाइनान्स, नाडेप लघुवित्त, एनसीसी बैंक, जेविल्स फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई लघुवित्त लगायतका हेयरधनीले कमाएका छन् ।
घलेम्दी हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, नविल प्रगती फण्ड, कालिका लघुवित्त, सेन्ट्रल फाईनान्स, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, नाङदी गु्रप, नविल समृद्धी फण्ड, युनाइटेट फाइनान्स, भार्गव विकास बैंकल लगायतका शेयरधनीले गुमाएका छन् ।