Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार २.०६ अंकले बढ्यो, २२ करोडको कारोबार

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर । शेयर बजार २.०६ अंकले बढेर १,१०२.६४ अंकमा कायम भएको छ । ट्रेडिङ र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक समुह २८.६१ अंकले बढेको छ । 

दिनभरिका १७४ वटा कम्पनीको ७ लाख ३३ हजार ४ सय २२ कित्ता शेयर ४ हजार ३ सय २७ पटक खरिदविक्री हुँदा २२ करोड ५२ लाख ३१ हजार ४ सय ४३ को कारोबार भएको छ । सबैभन्दा धेरै एशियन लाईफ इन्स्योरेन्सको २ करोड २६ लाख १६ हजार १ सय १४ को कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको एक करोडमाथि, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयर र अपर तामाकोशि हाइड्रोपावरको ७० लाखमाथि, नेपाल बैंक र एनसीसी बैंकको ६० लाखमाथि, शिखर इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको ५० लाखभन्दा बढीको कारोबार भएको छ । 

सूर्योदय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ६.४४ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, रिडी हाइड्रोपावर, भार्गव विकास बैंक, बरुन हाइड्रोपावर, पुर्णिमा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, अरुन कावेली पावर, कामना सेवा विकास बैंक लगायतका शेयरधनीले कमाएका छन् । 

सिन्धु विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै प्रतिशतले गुमाएका छन् । घलेम्दी हाइड्रो, जोशी हाइड्रोपावर, माहुली सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, नाङदी गु्रप, सिभिल लघुवित्त, विशाल बजार कम्पनी, लक्ष्मी भ्यालु फण्ड लगायतका शेयरधनीले गुमाएका छन् । 

Ad