बैंकिङ खबर । एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस शेयर अर्थात ८० लाख ३१ हजार १ सय १७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको पुष ४ गते बसेको साधारणसभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।
यसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ रहेको छ । बैंकले शेयर अभौतिकरण नभएका शेयरको अभौतिकीकरण गर्न शेयरधनीलाइै आग्रह गरेको छ ।
हालसम्म बैंकले मुलुकभर २ सय ७७ वटा शाखा कार्यालय, २ सय ९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब, कुल कर्जा करिब १४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।