Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

७ अंकले बढ्यो शेयर बजार, २० करोडको कारोबार 

२०७५ फाल्गुन १३ गते

बैंकिङ खबर । सोमबार शेयर बजार ७.४१ अंकले बढेर १,१०९.७३ अंकमा कायम भएको छ । फाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७२.१७ अंकले बढेको छ । 

दिनभरिमा १६६ वटा कम्पनीको ७ लाख २० हजार ८ सय ४५ कित्ता शेयर ४ हजार ३ सय १९ पटक खरिदविक्री हुँदा २० करोड ३८ लाख ३९ हजार ८ सय ६४को कारोबार भएको छ । 

सबैभन्दा धेरै नविल बैंकको २ करोडभन्दा बढिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशीको ७० लाखमाथि कारोबार भएको छ भने एशियन लाईफ इन्स्योरेन्स, एनएमबि बैंक र एनआईसी एशिया बैंकको ६० लाभन्दा बढिको कारोबार भएको छ । यसबाहेक, बैंक अफ काठमाडौं, नेपाल बैंक, कृषि विकास बैंक, सूर्या लाई इन्स्योरेन्सको ५० लाखमाथिको कारोबार भएको छ । 

आँखु खोला जलविद्युत कम्पनीको शेयरधनीले ६.४९ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, पु्रडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन डीस्टीलरी, एनएलजी इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, नेपाल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त लगायतका शेयरधनीले कमाएका छन् । 

सबैभन्दा धेरै सहयोगी विकास बैंकका शेयरधनीले गुमाएका छन् । ग्लोबल आईएमी सम्मुनत, नेशनल हाइड्रोपावर, मिथिला लघुवित्त, गुडविल फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त, नविल समृद्धि फण्ड, एनएमबि हाइब्रिट फण्ड लगायतका शेयरधनीले गुमाएका छन् । 
 

Ad