Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार दोहोरो अंकले घट्यो, २३ कम्पनीका शेयरधनीले कमाए

२०७५ फाल्गुन १२ गते

बैंकिङ खबर । आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.७५ अंकले घटेर १,१०२.३२ अंकमा कामय भएको छ । उत्पादनमुलक बाहेक सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६९.२ अंकले घटेको छ । 

दिनभरिमा १६६ वटा कम्पनीको ६ लाख ९८ हजार ५ सय ४२ कित्ता शेयर ६ हजार ३ सय ५६ पटक खरिदविक्री हुँदा २० करोड ९९ लाख ९७ हजार ५ सय ६९ को कारोबार भएको छ । 

एनआईसी एशिया बैंक, नविल बैंक, शिखर इन्स्योरेन्स, चौतारी लघुवित्त, अपर तामाकोशि हाइड्रोपावर र नेपाल बैंकको सबैभन्दा धेरै एक करोडमाथिको कारोबार भएको छ । त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्सको ८१ लाख १५ हजार १ सय ५२ को कारोबार भएको छ भने गुडविल फाइनान्स प्रोमोटर शेयर र एनएमबि बैंकको ७० लाखमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर शेयरको ५० लाखभन्ला बढिको कारोबार भएको छ । 

सबैभन्दा धेरै यूनिलीभर नेपाल लिमिटेडका शेयरधनीले ४.०३ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिट फण्ड, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सिटिजन्स म्युचल फण्ड, राधी विद्युत कम्पनी, अपी पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, माहुली सामुदायिक लघुवित्त, सिद्धार्थ इक्यिुटी फण्ड लगायतका शेयरधनीले कमाएका छन् । 

किसान माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढिका दरले गुमाएका छन् । भार्गव विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, घलेम्दी हाइड्रोपावर, वोमी माइक्रोफाइनान्स, ओरेन्टल होटल, खानीखोला हाइड्रोपावर, एनएमबि माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, एनआईसी एशिया बैंल लगायतले गुमाएका छन् । 

Ad