Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कृषि विकास बैकको साधारणसभा चैत्र १५, बुक क्लोज फागुन १६ गतेदेखि

२०७५ फाल्गुन ९ गते

बैंकिङ खबर ।  कृषि विकास बैकको बाह्रौं साधारणसभाका लागि बुक क्लोज फागुन १६ गतेदेखि बन्द हुने भएको छ । बैंकको वार्षिक साधारण सभा चैत्र १५ शुक्रबार हुने भएको छ । कम्पनीले फागुन ८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारण सभाका लागि बुक क्लोज फागुन १६ गतेदेखि चैत्र १५ गतेसम्म बन्द गर्ने निर्णय भएको हो ।

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

 
 

Ad