Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा दोहोरो अंकको गिरावट, २१ कम्पनीका शेयरधनीले कमाए

२०७५ फाल्गुन ८ गते

बैंकिङ खबर । बुधबार शेयर बजार १२.७२ अंकले घटेर १,११२.२३ अंकमा कायम भएको छ । उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जिवन बीमा समुह १६७.८३ अंकले घटेको छ । 

दिनभरिमा १ सय ६२ वटा कम्पनीको ६ लाख ८१ हजार १ सय ३८ कित्ता शेयर ३ हजार ६ सय ८९ पटक खरिदविक्री हुँदा १६ करोड ६१ लाख ७३ हजार ६ सय २८ को करोबार भएको छ । 

सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरका शेयरधनीले ९३ लाख ५० हजार ५ सय ९५ को कारोबार भएको छ । नविल बैंक प्रोमोटर शेयरको ९० लाखमाथिको कारोबार भएको छ । नविल बैंकको ७० लाखबढिको कारोबार भएको छ । त्यसैगरी नेपाल बैंक, सिद्धार्थ बैंक, नागरिक लगानी कोष र एनएमबि बैंकको ६० लाखमाथिको कारोबार भएको छ । छिमेल लघुवित्त र प्रभु बैंकको ५० लाखमाथिको कारोबार भएको छ भने नेपाल लाईफ इन्स्योरेन्सको ४० लाखमाथिको कारोबार भएको छ । 

चौतारी लघुवित्तका शेयरभनीले ९.८४ प्रतिशतका दरले कमाएका छन् । श्री राम सुगर मिल्स, जेविल्स फाइनान्स, पुर्णिमा विकास बैंक, सानिमा इक्यिुटी फण्ड, हीमालयन डिस्टीलरी, किसान माइक्रोफाइनान्स, इभरेष्ट इन्स्योरेन्स, सिन्धु विकास बैंक र कैलाश विकास बैंक लगायतका शेयरधनीले कमाएका छन् । 

नेपाल सेवा लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतभन्दा बढिको दरले गुमाएका छन् । सामुदायिक लघुवित्त नयाँ नेपाल लघुवित्त, प्रभु इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, सूर्यो लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, नागवेली लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका शेयरधनीले गुमाएका छन् । 

Ad