बैंकिङ खबर। इटहरी उपमहानगरपालिका तथा शुन्दरदुलारी नगरपालिका क्षेत्रभित्र रहेका १ दर्जन बढी माइक्रोफाइनान्स र स्थानीय तहका पदाधिकारी बिचमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाथिभरा एडभरटाइजिंगको आयोजना र स्वदेशी लघुवित्त, सर्पोट लघुवित्त, ग्रामिण विकास लघुवित्त, छिमेक लघुवित्त, नाडेप लघुवित्त, नेशनल माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, आशा लघुवित्त, साहारा नेपाल तथा जिवन विकास समाजको प्रायोजनमा भएको थियो ।
नेपालको गरिवी न्यूनिकरणमा लघुवित्तको भुमिका विषयमा कार्यपत्र स्वदेशी लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
त्यस्तै समस्या र चुनौतीका विषयमा कार्यपत्र सर्पोट लघुवित्त वित्तिय संस्था प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाले प्रस्तुत गरेका थिए ।
नेपाल राष्ट बैंक, विराटनगरका निर्देशक विनोद आचार्यले लघुवित्त करोबार गर्दा लघुवित्तको उद्देश्य अनुसार गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन दिदै स्थानीय निकायले क्षमता बिकास तालिम प्रदान गर्ने तथा लघुवित्तले कर्जा लगानी गर्दा उपयुक्त हुने बताए ।
कार्यक्रममा सहभागीहरुले लघुवित्तले प्रदान गर्ने विना धितो कर्जा सम्बन्धित निकायबाट निगरानी गर्नु पर्ने विषयमा टिप्पणी गरेका थिए ।