बैंकिङ खबर । विहीबार सेयर बजार ०.१५ अंकले घटेर १,१३९.५७ अंकमा कायम भएको छ । बैंकिङ, होटल, फाइनान्स र माइक्रोफाइनान्स बाहेक सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ४३.५७ अंकमा कायम भएको छ ।
दिनभरिमा १६४ वटा कम्पनीको ८ लाख ८२ हजार तीन सय ७ कित्ता सेयर ६ हजार तीन सय १२ पछटक खरिदविक्री हुँदा २५ करोड ७६ लाख ४१ हजार ६ सय ४२को कारोबार भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी र सोल्टी होटलको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ । सामुदायिक लघुवित्त, अपर तामाकोशि हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको कारोबार भएको छ भने नेपाल लाईफ इन्स्योरेन्सको ७० लाखमाथिको कारोबार भएको छ । त्यसैगरी, प्रभु बैंक, नविल बैंक प्रोमोटर सेयरको ६० लाखभन्दा बढिको कारोबार भएको छ । कामना सेवा विकास बैंक प्रोमोटर सेयर र नेपाल बैंकको ५० लाखमाथिको कारोबार भएको छ ।
सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै झन्डै ९ प्रतिशतका दरले कमाएका छन् । मेरो माइक्रोफाइनान्स, जनता बैंक, मिर्मिरे लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल बङलादेश बैंक, छाङदी हाइड्रोपावर, मिथिला लघुवित्त, किसान माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले कमाएका छन् ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, माहुली सामुदायिक लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, वुटवल पावर कम्पनी, लक्ष्मी इक्यिुटी फण्ड, नेपाल हाइड्रो डेभलपर्स, नेरुडे लघुवित्त विकास बैंक, रिधि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रैराङ हाइड्रोपावर, एनआइसी एशिया फण्ड लगायतका सेयरधनीले गुमाएका छन् ।