Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा ७.३८ अंकको गिरावट, ३१ कम्पनीका सेयरधनीले कमाए

२०७५ माघ २३ गते

बैंकिङ खबर  । बुधबार सेयर बजार ७.३८ अंकले घटेर १,१३९.७२ अंकमा कायम भएको छ । सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ४६.९५ अंकले र निर्जीवन बीमा समुह २७.५४ अंकले घटेको छ । 

दिनभरिमा १६७ वटा कम्पनीको ७ लाख ४६ हजार ९ सय ४९ कित्ता सेयर ५ हजार तीन सय ३ पटक खरिदविक्री हुँदा २३ करोड ५६ लाख ३६ हजार ८ सय ५९ को करोबार भएको छ । 

अपर तामाकोशी हाइड्रोपावर, नेपाल बैंक, मेरो माइक्रोफाइनान्स, युनाइटेट इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ७० लाखमाथिको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी र एनएमबि बैंकको ६० लाखभन्दा बढीको कारोबार भएको छ भने कुमारी बैंक, एनसीसी बैंक र नागरिक लगानी कोषको ५० लाखमाथिको कारोबार भएको छ । 

सामुदायिक लघुवित्तका सेयरधनीले झन्डै १० प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, चौतारी लघुवित्त, बरुन आइड्रोपावर, सिभिल लघुवित्त, युनाइटेट इन्स्योरेन्स, एनएमबि हाइब्रिट फण्ड, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ इक्यिुटी फण्ड, पञ्चकन्यामाई हाइड्रोपावर, हाथवे फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

ग्लोबल आईएमइ समुन्नतका सेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, उन्नती माइक्रोफाइनान्स, नाङदी गु्रप, नविल इक्यिुटी फण्ड, राधी विद्युत कम्पनी, तिनाउ डेमलपमेन्ट बैंक, माहुली सामुदायिक लघुवित्त, वुटवल पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले गुमाएका छन् । 


 

Ad