बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि संस्थाले माघ २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले एक सय रुपैयाँ अंकित दरमा एक लाख ६१ हजार सात सय ७८ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो उक्त सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको लघुवित्तले जनाएको छ ।