बैंकिङ खबर । मङलबार सेयर बजार २.८३ अंकले बढेर १,१४७.१० अंकमा कायम भएको छ । फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १२.४३ अंकले बढेको छ ।
दिनभरिमा १६३ वटा कम्पनीको ७ लाख ३६ हजार ७ सय ७९ कित्ता सेयर ४ हजार ४ सय ८९ पटक खरिदविक्री हुँदा २३ करोड १० लाख २२ हजार २ सय ३३को कारोबार भएको छ ।
सबैभन्दा धेरै अपर तामाकोशीको २ करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोष र नेपाल दुरसंचार कम्पनीको १ करोडमाथिको कारोबार भएको छ भने एनएमबि बैंकको ८० लाखमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ७० लाखभन्दा बढिको कारोबार भएको छ । सिभिल बैंक र छिमेक लघुवित्तको ६० लाखमाथिको कारोबार भएको छ । त्यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट प्रोमोटर सेयर, एनआईसी एशिया बैंकको ५० लाखमाथिको कारोबार भएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ९.८८ प्रतिशतका दरले कमाएका छन् । वुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, लक्ष्मी लघुवित्त, आँखु खोला जलविद्युत, चौतारी लघुवित्त, नाङदी गु्रप, नेपाल बङलादेश बैंक, उन्नती माइक्रोफाइनान्स, गुडविल फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।
पुर्णिमा विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै तीन प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, बरुन हाइड्रोपावर, सिटी एक्सप्रेस फाइनान्स, नयाँ नेपाल लघुवित्त, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्त, जेविल्स फाइनान्स, युनीलिभर नेपाल कम्पनी, एनएमबि सुलभ एन्भेष्टमेन्ट फण्ड लगायतका सेयरधनीले गुमाएका छन् ।