बैंकिङ खबर । आशा लघुवित वित्तीय संस्थाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आईपीओ छिटोमा २२ र ढिलोमा फागुन १९ गतेसम्म आवेदन खुला हुने लघुवित्तले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ताको आईपीओ निष्काशन गरेको हो ।
संस्थाले एक सय रुपैयाँमा आवेदन माग गरेको आईपीओ न्युनतम १० र अधिकतम ३३ सय ७० कित्तासम्म आवेदन दिन पाइन्छ ।
यसको विक्री गर्न लागेको साधारण सेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई र ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
संस्थाले इक्रा नेपालबाट ग्रेड ४ को स्वीकृती पाएको छ । संस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।