
बैंकिङ खबर। नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्काशन गर्ने अनुमति पाएपछि हिमालयन उर्जा विकास कम्पनीले सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता सेयर विक्री गर्ने भएको छ । बोर्डले कम्पनीलाई चुक्ता पूँजीको १५ प्रतिशत सेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
रामेछाप र दोलाखा जिल्लाको सिमामा बग्ने खिम्ति खोलामा दुईवटा आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि भने ९ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गरिसकेको छ । प्रभावित क्षेत्रका लागि छुट्याएको सेयर सबै विक्री भएपछि मात्र दोस्रो चरणमा सर्वसाधारणलाई सेयर विक्री गरिने कम्पनीले जनाएको छ ।
आइपिओ विक्रीका लागि ग्रेड चार रेटिङ पाएको कम्पनीको प्राथमिक शेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।