Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजार ८.५७ अंकले घट्दा कारोबार रकम ४१ करोडमाथि

२०७५ माघ २० गते

 बैंकिङ खबर । आइतबार सेयर बजार ८.५७ अंकले घटेर १,१५३.०६ अंकमा कायम भएको छ । ट्रेडिङ बाहेक सबै उपसुचकहरु घटेका छन् सबैभन्दा धेरै जीवन बीमा समुह ३७.५३ अंकले घटेको छ । 

दिनभरिमा १५९ कम्पनीको १५ लाख २७ हजार सात सय ६ कित्ता सेयर ५ हजार ७ सय ८५पटक खरिदविक्री हुँदा ४१ करोड ५७ लाख ७३ हजार ६ सय तीनको कारोबार भएको छ । 

सबैभन्दा धेरै माछापुच्छ्रे बैंक प्रोमोटर सेयरको ५ करोडमाथिको कारोबार भएको छ । नेपाल दुरसञ्चारको तीन करोडमाथिको कारोबार भएको छ भने अपर तामाकोशी र नविल बैंकको २ करोडमाथिको कारोबार भएको छ यसबाहेक, छिमेक लघुवित्त, नेपाल बैंक, एनएमबि बैंक, नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडभन्दा बढीको कारोबार भएको छ । प्रभु बैंकको ९२ लाख ८० हजार ८ सय ३१को कारोबार भएको छ । 

विजय लघुवित्तका सेयरधनीले ३ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, जनउत्थान सामुदायिक लघुवित्त, सूर्योदय लघुवित्त, कालिका लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, विशाल बजार कम्पनी, तिनाउ डेभलपमेन्ट बैंक, पञ्चकन्यामाई हाइड्रोपावर, हाथवे फाइजान्स र जेविल्स फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

सानिमा इक्यिुटी फण्डका सेयरधनीले सबैभन्दा धेरै तीन प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, आरम्भ माइक्रोफाइनान्स, अरुन भ्याली हाइड्रोपावर, माहालक्ष्मी विकास बैंक, अरुन कावेली पावर, हिमालयन पावर कम्पनी, स्वदेशी लघुवित्त, नेपाल दुरसञ्चार, रैराङ हाइड्रोपावर, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले गुमाएका छन् । 
  
 

Ad