Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंक ब्याजदर भन्दा मार्जिन कारोबारमा ब्याजदर महँगो पर्ने

२०७५ माघ २० गते

बैंकिङ खबर। पछिल्लो समय सेयर बजारमा मार्जिन कारोबारको चर्चा निकै छ । सेयर बजारमा मार्जिन कारोबारको सुरुवात भएमा बजारमा कारोबारको आकार बढने अनुमान लगानीकर्ताको छ । अर्कोतर्फ सेयर धितोमा कर्जा लिन बैंक सम्म जानुपर्ने वाध्यता हटेको छ । यसले साना लगानीकर्ताले पनि मार्जिनमा कारोबार गर्न सजिलै पाउने छन् । जसले गर्दा सेयर कारोबार बढन जानु स्वभाविक पनि हो । 

गत शुक्रवार सेयरको मार्जिन कारोबारका लागि धितोपत्र वोर्डले नेपाल स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकरहरुलाई निर्देशन दिएको छ । यसले गर्दा आइतबार देखि नै मार्जिन काराबारको कारोबार खुल्ला हुने सम्भावना पनि छ । स्रोतका अनुसार नेपाल स्टक एक्सचेन्जले आइतबार नै ब्रोकरहरुलाई परिपत्र जारी गरी मार्जिन कारोबार गरिने छ । त्यस लगत्तै ब्रोकर कम्पनीहरुले पनि मार्जिन कारोबारका लागि प्रकृया अगाडि बढाउन सक्ने छन् ।

कति सम्म कारोबार गर्न पाउँछन ब्रोकरले
अहिलेको व्यवस्था अनुसार ५ करोड रुपैयाँ नेटवर्थ हुने कुनैपनि ब्रोकरले १० करोड रुपैयाँ सम्म शेयर कर्जा प्रवाह गर्न सक्ने छ । यसरि हेर्दा सबै ब्रोकर कम्पनी मार्जिन कारोबार गराउन योग्य भएको खण्डमा बजारमा ५ अर्ब रुपैयाँ सम्म कर्जा प्रवाह ब्रोकरहरुले आफै गर्न सक्छन् । तर यस्तो कर्जा ब्रोकरले आफै नभई बैंकबाट कर्जा लिएर उपलब्ध गराउने सम्भावना रहेको देखिन्छ । 

ब्याजदर महँगो पर्ने
नेपाल धितोपत्र वोर्डले मार्जिन कारोबारमा ब्याजदर निर्धारणको काम बजार आफैले गर्ने गरि छाडिदिएको छ । तर अस्वभाविक रुपमा ब्याजदर बढेमा हस्तक्षेप गर्न सक्ने व्यवस्था राखिएको वोर्डले जनाएको छ । 

एउटा ब्रोकरले १० करोड रुपैयाँ सम्म मात्र ऋण उपलब्ध गराउन सक्ने भएकाले यस्तो कर्जा बजारका लागि न्यून हुन सक्छ । अहिलेको अवस्थालाई हेर्दा कुनैपनि ब्रोकरले आफै मार्जिन कारोबारका लागि कर्जा उपलब्ध गराउन सक्ने क्षमता राख्ने देखिदैन् । त्यसैले ब्रोकरले बैंकबाट कर्जा लिएर बजारमा उपलब्ध गराउने सम्भावना बढी छ । त्यसैले मार्जिन कारोबारमा लिइने ब्याज बैंकले उपलब्ध गराउने ब्याजदर भन्दा बढी हुने देखिन्छ । बजार विश्लेषकहरुका अनुसार सेयर ब्रोकरहरुले फरक फरक बैंकबाट कर्जा लिने भएकाले पनि ब्याजदरमा एकरुपता नहुने सम्भावना बढी छ । बाणिज्य बैंकहरुले सेयर कर्जामा उपलब्ध गराउने ब्याजदर पनि फरक फरक छ । त्यसैले ब्याजदरको एकरुपता हुँदैन भने उक्त ब्याजदरमा पनि मार्जिन राखेर कारोबार गराइने हुँदा ब्याजदर महँगो पर्ने सेयर बजारका विश्लेषककहरुको भनाई छ । 

लगानीकर्तालाई सहजता प्रदान गर्ने र बजार विकासको काममा सहयोग गर्ने उद्येश्यले मार्जिन कारोबारको अवधारणा ल्याइएकाले सबै ब्रोकरहरु मिलेर काम गर्ने ब्रोकर सञ्चालकहरुको भनाई छ । सके सम्म ब्याजदरमा एकरुपता ल्याइने छ । तर अहिले नै कसरी आगडी बढने भन्ने विषयमा छलफल भने ब्रोकरहरु बीच भइसकेको छैन् । 

Ad