Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैदेशिक लगानी ल्याउन ढिला हुदैछ ? बैंकबाट लिनुहोस् कर्जा 

२०७५ माघ १७ गते

बैंकिङ खबर । एनएमबि बैंक र वन टु वाचबीच वन टू वाचका लगानी कम्पनीलाई फाइनान्सिङ व्यवस्था दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र वन टू वाचका तर्फबाट प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कले हस्ताक्षर गरे ।

सम्झौताअनुसार दुवै निकायले ब्रिजफाइनान्सिङ अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् । 

वन टु वाचले लगानीको अवसर सम्भावना भएका कम्पनीहरूको पहिचान गर्ने  गर्दछ । साथै, कम्पनीलाई विदेशी लगानीकर्ताबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने काम गर्नेछ । 

बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई विदेशी लगानीको स्वीकृति नपाउन्जेलसम्मको फाइनान्सिङ उपलब्ध गराउने छ । एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरुलाई आवश्यक पर्ने वित्तीय अभाव पुरा गर्ने लक्ष्य लिएको बताएको छ । 


 

Ad