Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तुलनात्मक रुपमा कमजोर कम्पनीको प्रभाव बढ्दा नेप्से घट्यो

२०७५ माघ १६ गते

बैंकिङ खबर । सेयर बजारमा परिसूचक नेप्से घटेको छ भने सेन्सेटिभ परिसूचक बढेको छ । बजारमा लगानीकर्ताले सेयर खरिद विक्री घटाउँदा सेयर कारोबार  रकम पनि न्यून छ । 
बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम कम हुँदै जाँदा सेइर बजारमा पनि प्रभाव पर्न गएको विश्लेषकहरुको भनाई छ । यसले बजारमा विक्रीचाप बढाउन सक्ने सम्भावना देखाउँछ ।

बुधबार सेयर बजारमा परिसूचक नेप्से एक अंक भन्दा कमले घटेको छ भने सेन्सेटिभ परिसूचक बढेको छ । यसले तुलनात्मक रुपमा राम्रा कम्पनी भन्दा कमजोर कम्पनीका सेयर मूल्यले नेप्से परिसूचक प्रभावित भएको देखाउँछ ।

नेप्से १ हजार १ सय ६० दशमलव ५९ अंकमा बन्द भएको छ । कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार ३० करोड ० लाख भन्दा बढीको कारोबार भएको बजारमा बुधबार १ सय ६ कम्पनीको १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

नागरिक लगानी कोषको सेयर कारोबार सबैभन्दाबढि २ करोड ३० लाख भन्दा बढिको भएको छ । उन्नती माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी ७ दशमलव १४ प्रतिशतले कमाएका छन भने सिटि एक्सप्रेस फाइनान्सका  सेयरधनीले ७ दशमलव ५१ प्रतिशतले गुमाएका छन् । 

पछिल्लो समय सरकारी खर्च बढन नसक्दा वित्तीय प्रणाली कसिलो बन्दै गएको र कर्जामा ब्याजदर नघटने पक्का भएपछि ऋण लिएर लगानी गर्ने लगानीकर्ताको चहलपहल घटेको छ । जसका कारण परिसूचक नेप्से दबाबमा छ भने कारोबार रकम पनि प्रभावित भएको छ ।

Ad