Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा ३.८९ अंकको गिरावट, ४० कम्पनीका सेयरधनीले कमाए

२०७५ माघ १५ गते

बैंकिङ खबर । मङगलबार सेयर बजार ३.८९ अंकले घटेर १,१६०.९९ अंकमा कायम भएको छ । फाइनान्स, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६०.२३ अंकले घटेको छ । 

दिनभरिमा १६३ वटा कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता सेयर ५ हजार ४ सय ६३ पटक खरिदविक्री हुँदा ३० करोड ८० लाख १४ हजार ३ सय ८७ को कारोबार भएको छ । 

प्रभु बैंक प्रोमोटर सेयरको ३ करोडमाथिको कारोबार भएको छ भने अपर तामाकोशी हाइड्रोपावरको २ करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त विकास बैंक, नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । त्यसैगरी, एनआईसी एशिया बैंक र नेपाल बैंकको ९० लाखमाथिको कारोबार भएको छ । यसबाहेक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंकको ७० लाखभन्दा बढिको कारोबार भएको छ । 

सामुदमयिक लघुवित्तका सेयरधनीले ५ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, माहुली सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, सेन्ट्रल फाइनान्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ८ प्रतिशतका दरले गुमाएका छन्  । मिथिला लघुवित्तका सेयरधनीले ५ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । युनाइटेट मोदी हाइड्रोपावर, जोशी हाइड्रापावर, कन्काई विकास बैंकका सेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, ललितपुर फाइनान्स, नागवेली लघुवित्त, सिभिल लघुवित्त, नाङदी ग्रुप, सहयोगी विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।  
 

Ad