Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

घलेम्दी हाईड्रोको सेयर विक्रीप्रबन्धकमा भिबोर क्यापिटल 

२०७५ माघ १४ गते

बैंकिङ खबर ।  घलेम्दी हाइड्रोको  सेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ । घलेम्दी हाइड्रोका तर्फबाट  संचालक नारायण बाबु अधिकारी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।

घलेम्दी हाइड्रोले हालसालै  १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण सेयर आइपिओ निश्काशन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमतीसँगै कम्पनीको साधारण सेयर सुचिकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम  सेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । 

Ad