२०७५ माघ ११ गते

लघुवित्त वित्तीय संस्थाहरुले कसरी दिन्छन् कर्जा ?

बैंकिङ खबर । लघुवित्त संस्थाहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आइरहेका छन् । लघुवित्त संस्थाहरुले कर्जा दिँदा सबैभन्दा पहिले सदस्यहरुको पहिचान (व्यक्तिगत विवरण, आयआर्जनको माध्यम छ कि छैन ? के कामको लागि कर्जा लिन लागेको हो ? कस्तो व्यवसाय सञ्चालन गर्ने हो ? कुन कर्जा लिने हो ?)को छानविन गर्दछ । त्यस्त्ै, उक्त व्यवसाय सम्बन्धी तालिम, लघुवित्तका नियम कानुनहरु ऋण तिर्ने प्रक्रिया, लगायत लघुवित्तका आधारभुत सिद्धान्तहरुका बारेमा जानकारी गराएर मात्रै लघुवित्तहरुले कर्जा दिने गरेका छन् ।


लघुवित्त संस्थाहरुले साधारण कर्जा, कृषि कर्जा, लघु उद्यम कर्जा, उर्जा कर्जा, वैदेशिक रोजगार कर्जा, शैक्षिक कर्जा, आकस्मिक कर्जा,घर घडेरी कर्जा जस्ता कर्जाहरु उपलब्ध गराउँदै आएका छन् । सबै संस्थाहरुले दिने कर्जा एकै प्रकारको हुँदैनन् । संस्था अनुसार कर्जा फरक फरक हन्छन् । सर्वसाधरणहरुलाई लघुवित्तहरुले साधरण कर्जा र आकस्मिक कर्जा मात्र बिनाधितो उपलब्ध गराउँदछन् । यसमा पनि समुहको ग्यारेन्टी भएपछि मात्र उनीहरुको आवश्यकता बुझेर कर्जा दिने गर्दछन् । 

लघुवित्तको कर्जा कुन क्षेत्रमा बढी ?
लघुवित्त संस्थाले सबैभन्दा बढी कर्जा कृषिसँग सम्बन्धित व्यवसाय (फलफुल, तरकारी, पशुपालन), घरेलु उद्योगका लागि र व्यापार क्षेत्र (स–साना किराना पसल, होटल)का लागि कर्जा उपलब्ध गराउँदै आएका छन् । लघुवित्त वित्तीय संस्थारुले आर्थिक रुपमा कमजोर भएका एवम् थोरै थोरै ऋण लिएर उद्यमशीलता हासिल गर्न चाहानेहरुलाई ऋण उपलब्ध गराउँदै आएका छन् ।