बैंकिङ खबर। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीमा आइतबार पनि समस्या देखिएको छ । बोकरको अनलाइन प्रणालीमा लगइन नभएपछि कारोबारमा समस्या आइरहेको ब्रोकर कम्पनीहरुले बताएका छन् । नेप्सेले अनलाइन प्रणालीमार्फत कारोबार सुरुगरेदेखि नै सानोतिनो समस्या आइरहेको छ ।
आज अधिकांश ब्रोकरको एडमिनमा समस्या आएकाले कारोबार प्रभावित भएको हो । अनलाइन लग इन नहुने र भइहालेपनि तत्काल लग आउट हुने समस्या देखिएको हो ।