बैंकिङ खबर । यो साता सेयर बजारमा परिसुचक नेप्से बढेको छ । नेप्से ६.९३ अंकले बढेर १,१८७.७७ अंकमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि यो साता बढेको छ । सेन्सेटिभ परिसुचक ०.३६ अंकले बढेर २५१.०१ अंकमा पुगेको छ ।
कारोबार रकम गत साता भन्दा घटेर १ अर्ब २७ करोड ९८ लाख रुपैयाँ बराबर भएको छ । पुष मसान्त सकिएपछि बजारमा लगानीकर्ताको उपस्थिती न्युन हुँदा कारोबार रकम कम भएको हो । बजारमा माग र आपूर्ति दुबैै कम हुँदा परिसुचकमा खासै उत्तरचढाव भएन् ।
लगानीकर्ता भर्खरै सुचिकरण भएको माथिल्लो तामाकोशिको सेयरमा सबैभन्दा बढि आकर्षित भएको देखिन्छ । कारोबार भएको पाँच दिनमध्ये चार दिनसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भयो । त्यसैले कारोबार बढि हुन नसकेपनि परिसुचकमा उच्च बृद्धि भएको छ ।