बैंकिङ खबर । चन्द्रागिरि हिल्सले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ भित्रमा १० प्रतिशत अर्थात १५ लाख कित्ता प्राथमिक सेयर सर्बसाधारणलाई जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
कम्पनीले जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुर्याउन साधारणसभाले प्रवन्धपत्र र नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।