बैंकिङ खबर । आइतबार सेयर बजार ५.७८ अंकले घटेर १,१७५.०५ अंकमा कायम भएको छ । उत्पादनमुलक र अन्य बाहेकसबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै ७१.२७ अंकले होटल समुह घटेको छ ।
दिनभरिमा १५८ वटा कम्पनीको ११ लाख ६३ हजार सात सय ८१ कित्ता सेयर ४ हजार ९ सय ७६ पटक खरिदविक्री हुँदा ३७ करोड २९ लाख १५ हजार ७ सय ६को कारोबार भएको छ ।
नेपाल बैंकको सबैभन्दा धेरै ११ करोड ५९ लाख १० हजार ७ सय ९३ को कारोबार भएको छ । एनआईसी एशिया बैंक र बैंक अफ काठमाडौंको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, उपर तामाकोशि हाइड्रोपावर र कुमारीको बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, कृषि विकास बैंक, प्रभु बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलको क्रमशः ७८ लाख १९ हजार ६ सय ३८, ७८ लाख ८ हजार ९ सय १६ र ६२ लाख ९६ हजार ६५को कारोबार भएको छ ।
वोमी माइक्रोफाइनान्सका सेयरधनीले ९.९५ प्रतिशतका दरले कमाएका छन् । नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स, श्रीराम सुगर मिल्स, तिनाउ विकास बैंक, सिटिजन्स बैक इन्टरनेशनल, सिभिल लघुवित्त, पुर्णिमा विकास बैंक, समिट माइक्रोफाइनान्स, सिर्जना फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।
सबैभन्दा धेरै भार्गव विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । स्वदेशी लघुवित्त, आरम्भ माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्सर तारागाउँ रेजेन्सी, आखु खोला जलविद्युत, नागवेली लघुवित्त, युनाइटेट इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका सेयरधनी गुमाएका छन् ।