Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबि बैंकको ३० प्रतिशत लाभांश पारित  

२०७५ पुष २७ गते

बैंकिङ खबर । एनएमबि बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकको २३औं बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो  । 

बैंकले वितरण गर्ने वोनश सेयर पछि चुक्ता पूँजी  ९ अर्ब  ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


 

Ad