बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ७८ जना ग्राहक सदस्यहरुको सहभागितामा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । बाँके जिल्लाको खजुरा गाउंपालिका वाड नं. ०२, रिमझिम चोकमा सम्पन्न तालिममा वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बीमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यानदिनुपर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिट लगायतका विषयमा जानकारी दिइएको छ ।
साथै संस्थाले प्रदान गरी रहेका सेवाहरु, वर्तमान अवस्थामा देखिएका चुनौतीहरु, विसंगतीहरुका बारेमा समेत तालिम दिइएको आदि संस्थाका परस्पुर शाखाका शाखा प्रमुख टोप बहादुर रास्कोटीले बताए । तालिममा प्रशिक्षकहरु कार्यक्रम अधिकृत प्रेम प्रसाद सुवेदी, टोप बहादुर रास्कोटी र सुनिता थापा रहेका थिए ।
७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा दिईरहेको छ । संस्थाले २०७५ मंसिर मसान्तसम्ममा तीन लाख ३३ हजार एक सय ४१ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५मंसिर मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५२ करोड ४३ लाख रहेको छ भने ग्राहक सदस्यहरुको नौ अरब ३३ करोड ४२ लाख बचत परिचालन गरेको छ ।