Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंकको सेयरमा लगानी बढाउँदै नागरिक लगानी कोष 

२०७५ पुष २३ गते

बैंकिङ खबर । नागरिक लगानी कोषलाई स्टक मार्केट डिलरको रुपमा अघि बढाइने भएसँगै कोषले यतिबेला बैंकहरुको सेयरमा लगानी बढाउन थालेको छ। कोषले लिलामी सेयरलाई प्राथमिकता दिँदै एनसिसी बैंकको सबै सेयर उठाउन सक्नेगरी आवेदन हालेको छ। 

कोषले साधारण समूहतर्फको शेयर प्रतिकित्ता १९१ र संस्थापकतर्फ १०१ रुपैयाँमा माग गरेको हो । कोषले संस्थापक समूहतर्फ १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँको र सर्वसाधारण समूहतर्फको शेयरका लागि २६ करोड ६२ लाख ९१ हजार रुपैयाँमा आवेदन दिएको हो। 
 

बैंकको संस्थापक र साधारण सबै शेयर ९२ करोड ४४ लाख ८८ हजार रुपैयाँ उठाउन तयार भएको हो। त्यस्तै सेन्चुरी कमर्सियल बैंकको लिलामी सेयरमा समेत कोषले आवेदन हाल्ने भएको छ। हाल सेन्चुरी बैंकले लिलामीमार्फत सेयर बिक्रीका लागि आवेदन खुलाइरहेको छ। कोषले अहिले दोस्रो बजारबाट पनि क्रमिक रुपमा सेयर खरिद गर्दै गएको छ। 

सस्तो मूल्यमा सेयरको मूल्य झरेका बेला कोषलाई मार्केट डिलर बनाउन थालिएपछि उ सक्रिय भएको हो। बैशाखदेखि नै कोषले मार्केट डिलरको काम गर्ने तयारी गरेको छ।

त्यसका लागि सहायक कम्पनी खडा हुने छ। हाल सहायक कम्पनी खडा भइ नसकेकाले कोषले आफ्नै रकमबाट लगानी गर्न थालेको हो। 'लगानीका लागि निश्चित रकम छुट्याएर सहायक कम्पनी खडा हुन्छ, त्यही रकमबाट सेयर किन्ने हो अहिले लगानी भएको सेयर पनि सहायक कम्पनीलाई नै जान्छ' एक उच्च अधिकारीले भने। 

कोषलाई अहिले पनि सेयर लगानीका लागि बाटो खुल्ला छ। विभिन्न कम्पनीको सेयर, ऋणपत्र तथा बैंक निक्षेपमा उसले लगानी गर्दै आएको छ।  

कोषले मार्केट डिलरको काम गर्न थालेपछि सेयर बजारको उथलपुथलमा कमी आउने छ। अहिलेजस्तो बजार धेरै घट्न नपाउने र धेरै बढ्न थालेमा कोषले नै आपूर्ति बढाउने हुँदा बजार सन्तुलनमा रहनेछ। 
 

Ad